भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ५, २०७३
|
|
११८ पटक हेरिएको
Shares
भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा…

सारांश

  • सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् ।
  • इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
  • आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये एक हजार २०० ले सामूहिक राजिनामा दिएको जानकारी दिनुभयो ।

सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् ।

इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये एक हजार २०० ले सामूहिक राजिनामा दिएको जानकारी दिनुभयो ।

प्रोत्साहन भत्ता, बिमा सुविधा र कार्यालयको व्यवस्थापन हुनपर्नेलगायत माग राख्दै आफूहरुले चरणबद्ध आन्दोलन गर्दा समेत सरकारले सुनुवाई नगरेपछि बाध्य भएर राजीनामा दिनुपरेको उहाँले बताउनुभयो ।

प्राविधिकको राजीनामाले भूकम्पपछिको पुनःनिर्माण कार्यमा थप समस्या निम्त्याउने देखिएको छ ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?