चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’

सारांश

  • काठमाडौं ।
  • चितवनको नारायणगढस्थित कंगारु होटलमा साउन २० गते मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले मृत्युअघि बनाएको भनिएको भिडियोलाई प्रमुख आधार बनाएर अनुसन्धान गर्यो ।
  • अनुसन्धानको घेरामा टिभी प्रस्तोता रवि लामिछाने, लामिछानेकै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की ‘रुकु’ तानिए ।

काठमाडौं । चितवनको नारायणगढस्थित कंगारु होटलमा साउन २० गते मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले मृत्युअघि बनाएको भनिएको भिडियोलाई प्रमुख आधार बनाएर अनुसन्धान गर्यो । अनुसन्धानको घेरामा टिभी प्रस्तोता रवि लामिछाने, लामिछानेकै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की ‘रुकु’ तानिए । १२ दिनमा रविसहित तीनै जना रिहा भएका छन् ।

पुडासैनी मृत्यु प्रकरणमा अर्को नयाँ रहस्य बाहिर आएको छ । धेरैलाई चासोको विषय पनि बनेको छ । शालिकराम पुडासैनी १९ गते बिहान काठमाडौंबाट रिर्पोटि गर्न चितवनतिर जान्छु भनेर श्रीमती सम्झनालाई भनेर हिँडेको पाइएको छ । रिपोर्टिङको लागि चितवन जान लागेको कुरा आफूलाई भनेको सम्झनाले पनि बताएकी छन् ।

चितवन पुगेर समेत पुडासैनीले श्रीमतीलाई फोन गरेका छन् । चासोको विषय यहाँनिर छ – रिर्पोटिङ गर्न हिँडेको एउटा पत्रकारसँग झोला, क्यामेरा र ल्यापटप हुन्छ कि हुँदैन ? यदि हुन्छ भने पुडासैनीसँग थियो वा थिएन ?

तर ती कुराहरु भए नभएको पनि प्रहरीले बाहिर ल्याएको छैन । १९ गते बिहान करिव ७ बजेको समयमा शालिकरामले चितवनकी एक महिला पत्रकारलाई फोन गरेको समेत पाइएको छ । नाम नबताउने सर्तमा ती महिला पत्रकारले भनिन्, ‘शालिकरामजीले त्यसै दिन विहान मलाई फोन गरेर आफ्नो पुर्वप्रेमीकाले एकदम तनावमा पारेको बताउँदै हुनुहुन्थ्यो । मैले केहिबेर सम्झाएकी थिएँ । त्यसअघि मलाई त्यसरी उहाँले व्यक्तिगत कुरा कहिल्लै गर्नुभएको थिएन ।’

उनी थप्छिन्, ‘त्यसैदिन राती १० बजेर ४ मिनेट जाँदा फेरि शालिकरामजीको फोन आएको रहेछ । सुतिसकेको कारण थाहा पाइन । अर्को दिन बिहान मात्रै फोन आएको थाहा पाएँ । त्यसपछि घटनास्थलमा पुगेर मात्रै थाहा भयो त्यो फोन शालिकरामले नभएर प्रहरीले उहाँको फोनबाट मलाई गरेको रहेछ ।’

‘यतिबेला प्रहरी प्रशासन र अदालतले अनुसन्धान गर्दैछ । हामी सबैले न्यायलयको विश्वास गर्नैपर्छ । दोषी जो भए पनि उम्कनुहुँदैन र निर्दोष भए कोही फस्नु हुन्न भन्ने मेरो धारण छ,’ उनले भनिन् । माउन्टेन टेलिभिजनमा मिसनन्युज कार्यक्रम चलाउने शालिकरामले त्यस टेलिभिजनमा समेत कुनै जानकारी नगराई हिँडेको त्यहाँका सञ्चारकर्मी केदार कोईरालाले बताए ।

तर ब्यूरो प्रमुखलाई भनेर हिँडेका थिए
शालिकरामले साउन २० गते सोमबार चितवन जानुअघि शनिवार दिउँसो माउन्टेन टेलिभिजन प्रदेश २ का ब्यूरो प्रमुख महेश दासलाई फोन गरेर मिशन न्युुज कार्यक्रमका लागि रिर्पोटिङ्ग गर्न आउँदैछु भनेर फोन गरेको पाइएको छ । पत्रकार दासले भने, ‘उहाँले फोन गर्दा म एउटा मिटिङ्गमा थिएँ । म्यासेज मार्फत कलब्याक गर्छु भनेर पछि मैले कलब्याक गरें ।’

त्यसपछि उहाँले मंगलवार बुधबारतिर म बारा र रौताहटतिरको भ्रष्टाचारको ईष्यूको रिर्पोटिङ्ग गर्न आउँदैछु तपाई हामी मिलेर रिर्पोटिङ्ग गरौंला भन्नु भएको थियो । उहाँ त्यतिबेला सहज अवस्थामा म सँग लामै कुरा गरेर मिसनन्युज कार्यक्रमलाई योजनाबद्ध ढंगबाट सञ्चालन गरौं भनेर सल्लाह पनि गर्नुभएको थियो । हामीले केहि योजनाहरु पनि बनाएका थियौं ।

तर उहाँ यता आउँदै गर्दा एक्कासी त्यस्तो दुःखद खबर थाह पाएपछि म चितवन गएँ । त्यसबेला मैले उहाँका बुबालाई पनि भेटें । शालिकरामजीले चितवन आएर पनि बुबालाई फोन गरेर म चितवन आएँ बुवा भनेर भन्नुभएको रहेछ । खै कसरी यस्तो घटना घट्यो ? हामी अनविज्ञ छौं ।’

५ लाख धरौटीमा रिहा
सोमबार साँझ रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?