आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने

सारांश

  • धनुषा ।
  • भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने भएका छन् ।

धनुषा । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने भएका छन् ।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ ।

सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो । सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’
मानवअधिकार टोलीसँग रविको गुनासो-‘अपहरण शैलीमा ल्याइयो’
१० फिल्म फ्लपपछि धनी केटा रोजिन अन्तराले
१० फिल्म फ्लपपछि धनी केटा रोजिन अन्तराले
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
कतारमा ४९ प्रतिशत नेपालीको पासपोर्ट रोजगारदाता कम्पनीसँग
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
आजको राशिफल
आजको राशिफल
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?