ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए

सारांश

  • फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणी हाल चर्चामा छ ।
  • ट्रम्पले बिहीबार फ्रान्सकी प्रथम महिलालाई तपाईको फिगर राम्रो छ भनेका थिए ।
  • उनको यो भनाई र व्यवहार क्यामेरमा कैद भएको थियो र फ्रेन्च सरकाररले फेसबुक पेजमा पनि पोष्ट गरेको थियो ।

फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणी हाल चर्चामा छ । ट्रम्पले बिहीबार फ्रान्सकी प्रथम महिलालाई तपाईको फिगर राम्रो छ भनेका थिए ।

उनको यो भनाई र व्यवहार क्यामेरमा कैद भएको थियो र फ्रेन्च सरकाररले फेसबुक पेजमा पनि पोष्ट गरेको थियो । यो भिडियोलाई लिएर ट्रम्प आलोचनाको शिकार भएका छन् । तर ह्वाइट हाउसले यो विषयलाई लिएर कुनै पनि टिका टिप्पणी गर्न अस्वीकार गरेको छ ।ट्रम्पले फ्रान्सका राष्ट्रपतिको श्रीमती ब्रिजिटलाई तपाईको फिगर राम्रो छ भनेका थिए ।

उक्त समयमा ब्रिजिटको साथमा फ्रान्सका राष्ट्रपति र अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पको पनि उपस्थिति थियो । सीएनएनको रिपोर्ट अनुसार यो भन्दा पहिले पेरिसमा आयोजना भएको स्वागत कार्यक्रममा ट्रम्प र ब्रिजिटले अप्ठेरो मानेर हात मिलाएका थिए ।

गार्जियनका अनुसार कतिपय मानिसले ट्रम्पको उक्त भनाईलाई ‘सेक्सिस्ट’ भएको बताउदै आलोचना गरेका छन् ।फ्रिलेन्सर भिडियो प्रोड्यसर तथा नारीवादी लैंगिक मुद्धामा लेख्ने लेखक एलेक्स बर्गले ट्विटरमा लेखेका छन्,“ट्रम्पले फ्रान्सकी प्रथम महिलालाई तपाईको फिगर राम्रो छ भन्नु प्रशंसा र यौन दुव्र्यवहारको बीचको फरक भुल्ने पुरुषको उदाहरण हो ।”

वृत्तचित्र निर्माता तथा अभिनेता सीबे न्यूसमले ट्विटमार्फत् भनेका छन्,“मिस्टर ट्रम्प महिला आफ्नो शरीरलाई लिएर तपाईको टिप्पणी सुन्न चाहन्नन् । यो अत्यन्तै गलत छ ।”

कारोबारमा प्रकाशीत

(https://www.dipprofit.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?