सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप

सारांश

  • काठमाडौं, २५ जेठ ।
  • सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ ।
  • घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

काठमाडौं, २५ जेठ । सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकका पति र सासू बाटोबाटै फरार
नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ । सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो ।

नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको जहाँगिरको भनाइ छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भक्कानिँदै भने, ‘भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए ।’ प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।

नुरजहाँका बुबा मो. मुस्ताक छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न कतारमा पसिना बगाउँदै छन् । ‘दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन्,’ नुरजहाँका काका मो. जुमनले भने, ‘छोरीको अनुहारसमेत हेर्न पाएनन् ।’ आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेकी छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

(Modafinil)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवार समुदायमा मोहनी नखः मनाइयो ~
नेवार समुदायमा मोहनी नखः मनाइयो ~
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
सरकारको एक वर्ष : आशा लाग्दा कामको सुरुवात
सरकारको एक वर्ष : आशा लाग्दा कामको सुरुवात
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
कांग्रेस र नेकपा एमाले कार्यकर्ता झडपपछि दोलखाको बैत्यश्वरमा मतदान रोकियो
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब  प्रहरीकहाँ
हराएको मोबाईल सजिलै भेट्ने तरिका,धाउनु पर्दैन अब प्रहरीकहाँ