राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमण गर्ने कार्यक्रम छ ।
  • वैशाख ११ गतेदेखि चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमण गर्ने कार्यक्रम छ । वैशाख ११ गतेदेखि चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपतिको चिनियाँ राष्ट्रपतिसँगको द्विपक्षीय वार्तामा सहभागी हुनुका साथै वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेट हुनेछ । बेइजिङमा आयोजना हुने नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई पनि सम्बोधन हुनेछ ।

राष्ट्रपति भण्डारीले सान्ची प्रान्तको राजधानी सिनयान, चीनको स्वशासित क्षेत्र तिब्बतलगायतको भ्रमण हुने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?