शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
१८ पटक हेरिएको
Shares
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग-योः प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् ।
  • पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताएका छन् ।

पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताए ।

प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गरे । उनले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताए ।

“सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्”, प्रधानमन्त्री दाहालले भने ।

उनले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताए । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उनले बताए ।

नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको भन्दै प्रधानमन्त्री प्रचण्डले बताए ।

“शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उनले भने, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।”

उनले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गरे । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो ।

सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल
रक्षामन्त्री पोख्रेलसँग जापानी राजदूत मासामीचि सिगोको भेट
रक्षामन्त्री पोख्रेलसँग जापानी राजदूत मासामीचि सिगोको भेट
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
थवाङ,दार्चुला,बझाङ को ताजा पारीणाम
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष
एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?

तपाईंले छुटाउनुभयो कि?