कोसी फुट्ने हल्लापछि सरकारी अधिकारीहरु कोसीतिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
कोसी फुट्ने हल्लापछि सरकारी अधिकारीहरु कोसीतिर

सारांश

  • इनरुवा ।
  • सुनसरी र सप्तरी जिल्लाका सरकारी अधिकारीले सोमबार कोसी बाँध तथा स्पर निरीक्षण गरेका छन् ।
  • सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनेक्रम जारी रहेकाबेला कोसी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोसी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।

इनरुवा । सुनसरी र सप्तरी जिल्लाका सरकारी अधिकारीले सोमबार कोसी बाँध तथा स्पर निरीक्षण गरेका छन् ।

सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनेक्रम जारी रहेकाबेला कोसी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोसी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरेसहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए ।

त्यसैगरी, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहलगायतले कोसी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उनकाअनुसार निरीक्षणकाक्रममा कोसीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र विगतको तुलनमा मजबुत् भएका कारण अहिले बाँध भत्किने स्थिति छैन ।

कोसी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत् रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए ।

भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय मजदुर खटाएको र उनीहरुबाट थप सुरक्षा गरिने भएकाले भएकाले कोसी फुट्ने सम्भावना न्यून रहेको उनले उल्लेख गरे ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?