टानको महासचिव पदमा संगम शेर्पाको उम्मेद्दारी, को हुन् शेर्पा ?
सारांश
- काठमाडौं ।
- टान अर्थात् नेपालको ट्रेकिङ व्यवासायीको छाता संगठन ।
- विगतका अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।
काठमाडौं । टान अर्थात् नेपालको ट्रेकिङ व्यवासायीको छाता संगठन । विगतका अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।
कस्तो टान बनाउने भन्ने कुरा कस्तो नेतृत्व ल्याउने भन्नेले निर्धारण गर्ने हुनाले नेतृत्वबारे समयमै बहस हुनु सर्वथा वाञ्छनीय कुरा पनि हो । अक्टोबर २८ भित्रै नेतृत्व चयन भइसक्ने भनिएको ३९ औं साधारण सभाबाट व्यवसायीहरु कस्तो नेतृत्व छान्न सफल होलान् त ?
चन्द्र रिजालको टिम आएसँगै एनएमएकै जसरी टानको इतिहासमा ‘क्रमभङ्ग’ ल्याएकै हो । धेरैजसो पर्यटन व्यवसायी यो सत्य स्वीकार गर्छन् पनि । नत्र यस अघि आफ्नो पेसा बनाउन र आफू ‘बन्न’ मात्रै टानको नेतृत्वमा आउने र व्यक्तिगत लाभ लिएर टानलाई मर्दाे न गर्दाेको बनाउने परम्पराले गर्दा नेपालको पर्यटन क्षेत्र उद्योगका रुपमा उठ्न सकेन भन्ने पनि धेरैको बुझाइ छ ।
व्यक्ति बन्यो होला, तर उद्योग चाहिँ बनेन नै । तर रिजालको आगमनले विगतको ‘अव्यावसायिक’ परम्पराको अन्त्य भएको दुनियाँले देखेकै सत्य हो । आफ्नो व्यवसाय पनि नभनेर २४ घन्टे भोलेन्टियर बनेका रिजालले सोचेजस्तै धेरै काम गर्न सकेनन् पनि होला । आफ्नै टिममा जितेका ‘साथी’हरुका असहायोगका कारण । यसबारे भोलिका दिनमा सत्य के हो सतहमा आउला नै ।
ठिक यतिबेला, कम्तीमा आफू बन्ने भन्दा पनि टानलाई बनाउने नेतृत्व आउला या नआउला भन्ने चिन्ता असली ट्रेकिङ व्यवसायीमा बढ्दै गएको देखिन्छ । व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्छन् युवा पर्यटन व्यावसायी संगम शेर्पा । उनी आफ्नो ‘ड्रिम प्लान’ सहित फरक ‘भिजन’ दिएर महासचिव पदको दाबी गरिरहेको बताउँछन् ।
अक्टोवर २९ तारिखमा हुन लागेको अधिवेशनमा शेर्पाले उम्मेद्दारी दिएका हुन । २३ बर्षदेखि पर्यटन क्षेत्रमा रम्दै आएको शेर्पा दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागि परेका छन् ।
नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न, टिम्स कार्डको समस्यालाई समाधान गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालप्रति आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि उम्मेद्दारी दिएको शेर्पाले जानकारी दिएका छन् ।
को हुन् संगम शेर्पा ?
ताप्लेजुङ् जिल्ला मैवा खोला गाउपालिका वडा न-४ सागुमा जन्मिएका सँगम शेर्पा पेम्बा हिमालयन लेजेण्ड ट्रेक प्रा.लि.का संचालक, अर्गानिक फाम हाउस कपनका सन्चालन हुन भने शेर्पा पर्यटन व्यावसयी संघका महासचिब पनि हुन ।
२३ बर्ष पर्यटन क्षेत्रमा जीवन बिताएका शेर्पाले पर्यटनको सुरुवात भरिया, पदप्रदशक हुँदै हाल पर्यटन व्यावसयी हुन सफल भएका छन् ।
नेपालको पर्यटन व्याबसायलाई दिगो रुपमा सन्चानल गर्न लागि परेका शेर्पाको पर्यटन क्षेत्रमा लामो अनुभव रहेको छ ।
प्राङरिक कृषि पर्यटनका अभियान्तको रुपमा परिचित सँगम शेर्पाले देशको सर्वागिण बिकास नै यहाँबाट सुरु गर्नु पर्ने बिशेष एजेन्डाका साथ मैदानमा उत्रेका छन् ।
प्रतिक्रिया