७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
७६ अर्बको कारोबार लुकाएको देखियो,उपेन्द्र महतो कर छली प्रकरणमा तानिंदै

सारांश

  • काठमाडौं,१३, मंशिर एनसेलका नाममा भइरहेको कर छली प्रकरणमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो तानिने भएका छन् ।
  • १ खर्ब ४४ अर्ब रुपियाँ बराबरमा एनसेल बेच्दा पुँजीगत लाभकर नतिरेको भन्दै स्वीडेनको टेलियासोनेराका नाममा ६२ अर्ब रुपियाँ कर निर्धारण भएको छ ।
  • त्यसैगरी २० प्रतिशत सेयर स्वामित्व रहेका निरजगोविन्द श्रेष्ठले आफ्नो नामको सेयर बेच्दा समेत त्यही कर छलेको भन्दै सरकारले पुनः कर निर्धारण गरेको छ ।

काठमाडौं,१३, मंशिर

एनसेलका नाममा भइरहेको कर छली प्रकरणमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो तानिने भएका छन् । १ खर्ब ४४ अर्ब रुपियाँ बराबरमा एनसेल बेच्दा पुँजीगत लाभकर नतिरेको भन्दै स्वीडेनको टेलियासोनेराका नाममा ६२ अर्ब रुपियाँ कर निर्धारण भएको छ ।

त्यसैगरी २० प्रतिशत सेयर स्वामित्व रहेका निरजगोविन्द श्रेष्ठले आफ्नो नामको सेयर बेच्दा समेत त्यही कर छलेको भन्दै सरकारले पुनः कर निर्धारण गरेको छ । यी सबै प्रकरणमा कर छली हुनुमा महतोको हात रहेको पाइएपछि सरकारले उनलाई समेत तान्ने भएको हो ।

महतोले आफ्नो नामको सेयर बेच्दा नै न्यून मूल्यांकन गरी पुँजीगत लाभकर छलेको विवरण सरकारले प्राप्त गरेको छ । विवरण अनुसार महतो स्वामित्वको कजाखस्तानको डेल्टा ट्रेड नामको कम्पनी समेतको सेयर टेलियाले किन्दा १ अर्ब १२ करोड रुपियाँ बराबरमा बेचेको देखाइएको छ ।

जबकि टेलियाले सोही कारोबारमा ७८ अर्ब रुपियाँ खर्च देखाएको छ । महतोले बेच्दा १ अर्ब १२ करोड देखाएको र टेलियाले किन्दा चाहिँ ७८ अर्ब खर्च देखाउनुको खासियत स्पष्ट छ, पुँजीगत लाभकर छल्ने । ७६ अर्ब ८८ करोड रुपियाँको कारोबार उनले लुकाएका छन् ।

टेलिया र एक्जियटा मिलेर यो वास्तविक कारोबारको आँकडा बाहिर आउने भएपछि महतोको थाप्लोमा ठूलो रकम आइ पर्ने निश्चित भएको छ । किनभने अब महतोका नाममा कर निर्धारण हुँदा साँवा रकममा आज सम्मको ब्याज, जरिवाना सबै जोडिन्छ ।
नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?