पहिलो संघीय संसदको सपथ २०, वैठक २१ गते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पहिलो संघीय संसदको सपथ २०, वैठक २१ गते

सारांश

  • काठमाडौं, १० फागुन – संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि नेपालमा पहिलो पटक संघीय संसदको वैठक बस्दैछ ।
  • प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट चुनाव जितेर आएका सांसद र समानुपातिकबाट जितेका सांसदको सपथग्रहण फागुन २० गते आइतबार हुने भएको छ ।
  • संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको छ ।

काठमाडौं, १० फागुन – संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि नेपालमा पहिलो पटक संघीय संसदको वैठक बस्दैछ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट चुनाव जितेर आएका सांसद र समानुपातिकबाट जितेका सांसदको सपथग्रहण फागुन २० गते आइतबार हुने भएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक फरक समयमा गरिने जानकारी गराएको छ । फागुन २० गते दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यको र ५ बजे राष्ट्रियसभाका सदस्यको सपथ ग्रहण अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुने सचिवालयले जानकारी गराएको हो ।

सपथपछि संघीय संसदको पहिलो वैठक फागुन २१ गते बस्ने जनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई संसद सचिवालयले सार्वजनिक सूचना मार्फत निर्धारित समयभन्दा १ घण्टा अगाडि नै बानेश्वर सम्मेलन केन्द्रमा पुग्न आग्रह गरेको छ ।

सचिवालयका अनुसार सांसदले राष्ट्रिय पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र लिएर सम्मेलन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

सपथ ग्रहण नेपाली भाषामा हुनेछ । त्यसैगरी कुनैपनि सांसदले मातृभाषामा सपथ लिनपाउने व्यवस्था छ । मातृभाषामा सपथ लिन चाहने सांसदले ३ दिन अघि नै सपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी संसद सचिवालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?