राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
३३ पटक हेरिएको
Shares
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकालाई आफ्नो केन्द्रीय कार्यालय खाली गराउन ३५ दिनको समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले लिखित पत्र बुझाएको छ ।
  • आज महानगरमा पुगेर राप्रपाका केही नेताहरुले प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकालाई आफ्नो केन्द्रीय कार्यालय खाली गराउन ३५ दिनको समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले लिखित पत्र बुझाएको छ ।

आज महानगरमा पुगेर राप्रपाका केही नेताहरुले प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।

तर,महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताएका छन् । गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको दाबी छ ।

घर भत्काउनुपर्ने विषयमा भने राप्रपाका नेताहरु पनि सहमतिमा आएको स्रोतले जनाएको छ । महानगरले राप्रपालाई लिखित पत्र भने अहिलेसम्म दिएको छैन ।

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगरप्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगरप्रहरीहरु बालेनको आदेश पर्खेर बसिरहेका छन् । टोलीको नेतृत्व नगर प्रहरी प्रमुख राजु पाण्डेले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?