यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
सारांश
- नुवाकोटमा जारी मतगणनामा नेपाली कांग्रेस वरिष्ठ नेताहरु रामशरण महत र अर्जुननरसंह केसी पछि परेका छन्।
- जारी मतगणनामा नुवाकोटको दुवै क्षेत्रमा बाम गठनबन्धनका उम्मेदवारहरु अघि रहेका छन्।
- क्षेत्र नं १ को मतपरिणामअनुसार माओवादी केन्द्रका हितमान तामाङ ४ हजार १ सय ४२ मतका साथ अग्रस्थानमा रहेका छन् ।
नुवाकोटमा जारी मतगणनामा नेपाली कांग्रेस वरिष्ठ नेताहरु रामशरण महत र अर्जुननरसंह केसी पछि परेका छन्। जारी मतगणनामा नुवाकोटको दुवै क्षेत्रमा बाम गठनबन्धनका उम्मेदवारहरु अघि रहेका छन्।
क्षेत्र नं १ को मतपरिणामअनुसार माओवादी केन्द्रका हितमान तामाङ ४ हजार १ सय ४२ मतका साथ अग्रस्थानमा रहेका छन् । तामाङलाई नेपाली कांग्रेसका नेता महतले ३ हजार ४ सय ८३ मतका साथ पछ्याइरहेका छन्। त्यसैगरी नुवाकोट २ मा एमालेका नेता नारायण खतिवडाले अग्रस्तालाई करिब १६ सयको बनेको छ । खतिवडाले ४ हजार २ सय ९९ मत प्राप्त गर्दा केसीले २ हजार ६ सय ९५ मत ल्याएका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया