सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

सारांश

  • मलंगवा।
  • सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ।
  • मंगलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ।

मलंगवा। सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। मंगलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ।

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए। उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका-२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो। लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ।

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए। बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका-२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ। बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए। लगत्तै उनीहरुको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार
राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव
राजधानीमा नागरिकतासम्वन्धी राष्ट्रिय गोष्ठीको आयोजना हुने -फोटो फीचर सहित
राजधानीमा नागरिकतासम्वन्धी राष्ट्रिय गोष्ठीको आयोजना हुने -फोटो फीचर सहित
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
विकासको जीवनरेखा कोर्ने हुटहुटीमा कर्णाली सरकार
विकासको जीवनरेखा कोर्ने हुटहुटीमा कर्णाली सरकार
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने

तपाईंले छुटाउनुभयो कि?