राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०८०
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
  • गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन्।

“यस पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन्। साथै यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराका सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको देखिन्छ”, सन्देशमा उनले भनेका छन्।

उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको जनाएका छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’
प्रधानमन्त्री नातिनीको नयाँ गीत ‘ज्यानमाया’
गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………
गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
नेप्सेमा उच्च अङ्कको वृद्धि
नेप्सेमा उच्च अङ्कको वृद्धि
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
तीजलाई महङ्गो, देखासिकी र भड्किलो नबनाऔँ
तीजलाई महङ्गो, देखासिकी र भड्किलो नबनाऔँ