महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
३० पटक हेरिएको
Shares
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?

सारांश

  • अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं ।
  • महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् ।
  • हरेक भूमिकाको व्यक्तित्व उनीहरुको परिस्थिति, पुर्नजन्म आदि तत्वबाट प्रभावित भएका हुन्छन् ।

अपमान, न्याय–अन्याय, बदला तथा विध्वङ्स लगायत केही यस्ता शब्द हाम्रो दिमागमा आउँछन्, जब हामी ‘महाभारत’ नाम सुन्छौं ।

महाभारतका हरेक चरित्रका आ–आफ्नै कथा छन् । हरेक भूमिकाको व्यक्तित्व उनीहरुको परिस्थिति, पुर्नजन्म आदि तत्वबाट प्रभावित भएका हुन्छन् । ति भूमिकासँग तपाई आफूलाई जोडेर पनि हेर्न सक्नुहुन्छ ।

यसको अतिरिक्त महाभारत प्रतिज्ञाहरुका लागि पनि चिचिन्छ । युद्धका अतिरिक्त महाभारतमा यस्ता कैयौं कथाहरु छन्, जसबारे धेरै कम व्यक्तिलाई मात्रै जानकारी छ ।

जस्तै, कौरव र पाण्डवहरुको युद्ध, पाण्डवहरुको स्वर्ग गमन, श्रीकृष्णको मृत्युसँग जोडिएका कैयौं कथाहरु तपाईले पढ्नुभएको होला । तर के तपाईले महाभारतमा कुन्ती, गांधारी र धृतराष्ट्रको मृत्युसँग जोडिएको कुनै कथा पढ्नुभएको छ ? महाभारतको एक कथाबाट थाहा हुन्छ कि गांधारी, कुन्ती र धृतराष्ट्रले अग्नि समाधी लिएका थिए ।

महाभारत ग्रन्थमा उल्लेख गरिएअनुसार कौरव र पाण्डवहरुको युद्ध पछि धृतराष्ट्र र गांधारी पाण्डवहरुसँग १५ वर्षसम्म रहे । त्यसपछि कुन्ती, विदुर र संजयसँगै वनमा तपस्या गर्न गए ।

एकदिन जब उनीहरु गंगा स्नान गरेर आश्रमतर्फ आइरहका थिए, त्यतिबेला वनमा भयंकर आगलागी भयो । शारीरिक रुपमा दर्वल भएका कारण धृतराष्ट्र, गांधारी र कुन्ती भाग्न असमर्थ थिए ।

यसकारण उनीहरुले त्यही अग्निमा प्राण त्याग्ने बिचार गरे । त्यपछि एकाग्र भएर वनको बीच भागमै बसे ।

धृतराष्ट्र, गांधारी र कुन्तीले प्राण त्याग्नु अगाडि नै पाण्डवहरु स्वर्ग गइसकेका थिए भने भगवान श्रीकृष्ण पनि बैकुण्ठ धाममा गइसकेका थिए ।

यस्तो मान्यता छ कि धृतराष्ट्र, गांधारी र कुन्तीको मृत्यु पछि नै कलियुग प्रारम्भ भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
संविधान संशाेधन विरूद्ध कांग्रेस-माअाेवादीकै कार्याकर्ता सडकमा…
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
२५ जनाभन्दा बढि भेला हुन रोक
२५ जनाभन्दा बढि भेला हुन रोक
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)
युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?