खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
खोजी, उद्धार र राहतका लागि रकम अभाव छैन : मन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौँ ।
  • बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बाढी पहिरोजस्ता विपद्जन्य घटनापछि तत्काल गर्नुपर्ने खोजी, उद्धार र राहतका लागि प्रदेश सरकारसँग रकम अभाव नरहेको बताएका छन् ।
  • राष्ट्रिय सञ्चारमाध्यमका पत्रकासँगको भेटमा उनले प्रदेश कोभिड–१९ कोषको खारेजीपछि त्यहाँ रहेको रु १७ करोड प्रदेश विपद् कोषमा सारिएकाले तत्काल खोजी, उद्धार र राहतका लागि बजेटको कमी नहुने स्पष्ट गरे ।

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बाढी पहिरोजस्ता विपद्जन्य घटनापछि तत्काल गर्नुपर्ने खोजी, उद्धार र राहतका लागि प्रदेश सरकारसँग रकम अभाव नरहेको बताएका छन् ।

राष्ट्रिय सञ्चारमाध्यमका पत्रकासँगको भेटमा उनले प्रदेश कोभिड–१९ कोषको खारेजीपछि त्यहाँ रहेको रु १७ करोड प्रदेश विपद् कोषमा सारिएकाले तत्काल खोजी, उद्धार र राहतका लागि बजेटको कमी नहुने स्पष्ट गरे ।

मन्त्री श्रेष्ठले भने, “हामीलाई अहिले पैसाको खासै खाँचो छैन । समस्या भनेको संरचनाको हो । मन्त्रालय मातहत विपद् हेर्ने महाशाखा छैन । प्रदेशले अलग्गै विपद् व्यवस्थापन न्यूनीकरण प्राधिकरण बनाउने सोच बनाए पनि अहिले त्यो तयारी पुगेन ।”

प्रदेशको आफ्नै तलसम्म पुग्ने संरचना नभएकाले जिल्ला र स्थानीय तहसँग सहयोग लिनैपर्ने बाध्यता रहेको बताउँदै उनले बर्खाको समयमा हुनसक्ने विपद्जन्य जोखिमलाई दृष्टिगत गरी तत्काल राहतका लागि स्थानीय विपद् कोष प्रभावकारी हुने देखिएकाले भरखरै रु एक करोड पठाइएको जानकारी दिए ।

स्थानीय तहले उक्त कोषको रकम सिधै खर्च गर्न पाउने भएकाले उद्धार एवम् राहत कार्यक्रम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले विगतका घटनाबाट पाठ सिकेर यो वर्ष सुरुमै आर्थिक कोषको व्यवस्था गरिएको उल्लेख गरे ।

विपद्जन्य घटनाबाट मानवीय जनधनको क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने सतर्कता र सचेतनाबारे आमजनतालाई सुसूचित गराउन आवश्यक रहेको बताउँदै उनले बाढी, पहिरो र डुबानका हिसाबले जोखिम क्षेत्र आङ्कलन गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व सांसदकाे निधनमा शोक प्रस्ताव पारित !
पूर्व सांसदकाे निधनमा शोक प्रस्ताव पारित !
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
ब्रिटिस पेट्रोलियमको वार्षिक नाफा ४ अर्ब डलरले घट्यो
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
सामुदायिक वनमा  वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
सामुदायिक वनमा वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
‘ऋषि धमलाजी मधेशीको मन नचिढ्याउनुस, यसले मुलुक विखण्डनतिर जान्छ’
‘ऋषि धमलाजी मधेशीको मन नचिढ्याउनुस, यसले मुलुक विखण्डनतिर जान्छ’

तपाईंले छुटाउनुभयो कि?