आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
२० पटक हेरिएको
Shares
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
  • साथै नेपालमा हाल भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
अबको संसदमा ५ मात्र राष्ट्रिय दल
अबको संसदमा ५ मात्र राष्ट्रिय दल
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
प्रदेश सांसदको दवावमा हनुमन्ते करिडर निर्माण रोकिदाँ वर्षामा बाँढीले डुबाउला भन्ने त्रासमा स्थानीय
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ ?
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?