मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
सारांश
- काठमाडाै, भाद्र १४ ।
- ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
- आज विहान सादा पोसाकका खटिएको प्रहरीले उनलाई उनको घरबाटै पक्राउ गरेको हो।
काठमाडाै, भाद्र १४ । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। आज विहान सादा पोसाकका खटिएको प्रहरीले उनलाई उनको घरबाटै पक्राउ गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघी पनि प्रहरीले पक्राउ गर्दै आएको थियो।
यस अघी पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले पक्राउ गरी तीन दिनसम्म थुनामा राखेको थियो। अहिले पनि शुक्रबार मध्येरातीसम्म थुनामा राख्ने प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bishnu Shrestha
पुरूषार्थीकोलागी दिने र पालन गर्नेले तामेली सु सम्पन्न ।बाल बाल मोदी एयरपोर्टबाट हुकेको सुनसानबाटो भयपनि रमाइलै भयछ।