गणतन्त्रप्रति चरम निराशा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
गणतन्त्रप्रति चरम निराशा

सारांश

  • काठमाडौं।
  • नेपालमा गणतन्त्र नफापेको पक्कै हो।
  • त्यसो त गणतन्त्र कुन देशमा फापेको छ र?

काठमाडौं। नेपालमा गणतन्त्र नफापेको पक्कै हो। त्यसो त गणतन्त्र कुन देशमा फापेको छ र? गणतन्त्र मुलुकहरुको आय दिनानुदिन खस्कँदो छ र ध्वस्तै भइसकेको छ।

जस्तो विश्वका सबैभन्दा गरिव मुलुकहरु यमन, लाइबेरिया, मलावी, नाइज, कंगो, सियरालियोन, म्याडागास्कर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, सोमालिया र बुरुण्डीमा गणतन्त्र छ। प्रतिव्यक्ति आयका हिसावले यी देशहरु सबैभन्दा गरिव छन्। जहाँ गणतन्त्र छ।

राजतन्त्र भएका मुलकुहर हेराैं, लग्जम्बर्ग। बर्मुडा, नर्वे, कतार, नेकमार्क, स्वीडेन, अष्ट्रेलिया, नेदरल्याण्ड, क्यानडा, बेल्जियम र न्युजिल्याण्डलगायतका मुलुकमा राजसंस्था छ।

यी मुलुकहरु धनी मुलुकहरु हुन् । जहाँ प्रतिव्यक्ति आय ४८ हजार ८०२ अमेरिकी डलरदेखि माथि छ । यो आर्थिक रुपले आयका रुपमा दिइएको एक उदाहरण हो । नेपालको हालत पनि यस्तै छ । दलीय स्वार्थका कारण राजसंस्था ढालेर आएको गणतन्त्रले देश दिनानुदिन कंगाल बन्दै गइरहेको छ ।

नागरिक गरिबीको रेखामुनि रहनेको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । यति हुँदा पनि दलहरुले कुनै कदम चाल्नु त परै जावस् आफूहरुको राज गर्ने समय गुम्ला भनेर अझै पनि राजसंस्थालाई दोष दिइरहेका छन् ।

तर पूर्वराजा ज्ञानेन्द्र शाहबाट भने संयम तरिकाले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइएको छ । गत मंगलबार बडादशैंको अवसरम सर्वसाधारणलाई टीका लगाइदिने क्रममा निर्मल निवासमा पूर्वराजाबाट हालका गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइएका हो ।

पूर्व राजाबाट व्यंग्यात्मक रुपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भइुँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरिएको हो। सन्देश दिँदै पवू राजाबाट भनिएको छ, ‘यहाँहरु सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा दशैँको शुभकामना दिन चाहन्छु।

धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु। हामीले पाठ पनि सिक्नुपर्नेछ। छिनछिनमा भुइँचालो पनि आइरहेको छ। विचार गर्नुस्।’ भुइँचालोको प्रयोग भने दलहरुलाई राम्रो सन्देश हो। किनभने दलहरु मिलेर खाइरहेका छन्। देश बनाइरहेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
साँफे मार्तडी सडकको भाडादर घट्यो
साँफे मार्तडी सडकको भाडादर घट्यो
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान
भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?
किन रोकियो भक्तपुरमा साझा
किन रोकियो भक्तपुरमा साझा

तपाईंले छुटाउनुभयो कि?