पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

सारांश

  • काठमाडौं ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छिन्।
  • राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिदैँ पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरेकि छिन् ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छिन्।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिदैँ पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरेकि छिन् । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उनले जोड दिएकि छिन् ।

“मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मुल्यमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्”, पूर्वराष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ । उनले सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाजलगायत सबै सरोकारवालालाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य गर्न उनले आग्रह गरेकि छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा
नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी
डा. केसीले मियाको हातबाट जुस खाएर अनसन तोडे
डा. केसीले मियाको हातबाट जुस खाएर अनसन तोडे
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
वन्यजन्तुको सुरक्षार्थ निकुञ्जमा गस्ती बढाइयो
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’

तपाईंले छुटाउनुभयो कि?