इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७८
|
|
३६ पटक हेरिएको
Shares
इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री

सारांश

  • इस्लामावाद।
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ।
  • शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् ।

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन्।
मतदानमा ‘अन्तिम बल सम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो। नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ।
यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।
खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । [image: 61269674_303.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
टक्क रोकियो भविष्य यात्रा
टक्क रोकियो भविष्य यात्रा
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
मन्त्रिपरिषद्मा थारु समुदायको प्रतिनिधित्व गराउन माग
मन्त्रिपरिषद्मा थारु समुदायको प्रतिनिधित्व गराउन माग
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
मुगु जिप दुर्घटना : दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
पूर्व अध्यक्ष पीडितलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
डीपीएल २ मा रुपन्देही च्यालेन्जर्सबाट दुई विदेशी खेलाडी
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय, आधा दर्जन एजेन्डामा छलफल हुने