२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।
  • आज अपरान्ह उनी नेपालको दुई दिने भ्रमणमा आइपुग्नेछन् ।
  • उनी चेन्नईबाट सिधै काठमाडौं उत्रनेछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् । आज अपरान्ह उनी नेपालको दुई दिने भ्रमणमा आइपुग्नेछन् । उनी चेन्नईबाट सिधै काठमाडौं उत्रनेछन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेकाले यसलाई चासोका साथ हेरिएको छ । सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछन् । आइतबार दुवै देशबीच महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ । चिनियाँ राष्ट्रपतिको २० घन्टा नेपाल बसाईंले दुई देशको सम्बन्धमा नयाँ सन्देश प्रवाह गर्नेछ । चीनले नेपाल मामलामा चासो बढाएको सन्देश हो यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?