इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
२८ पटक हेरिएको
Shares
इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

सारांश

  • काठमाडौं ।
  • परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।
  • सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए । उनले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए ।

उनले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको बताए ।

उनले भने ‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ । १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ । उनीहरुको निधन भएको छ । उनीहरुमध्ये केही मानिस घाइते भएका छन् । विपिन जोशी अज्ञात छन् । त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ । बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ । र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरु जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरुसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ ।’

उनले सरकारले बेपत्ताको खोजि कार्यलाई तिब्र बनाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?