नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
सारांश
- काठमाडौं।
- नेपालका ख्यातीप्राप्त युवा उद्यमी निखिल अग्रवाललाई भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन्।
- शिवम् सिमेन्टका भि.
काठमाडौं। नेपालका ख्यातीप्राप्त युवा उद्यमी निखिल अग्रवाललाई भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन्।
शिवम् सिमेन्टका भि.पि.समेत रहेका अग्रवाल भारतको प्रतिष्ठित श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार–२०२३ बाट सम्मानित भएका हुन्।
ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाललाई महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित गरिएको हो।
शिवम् सिमेन्टको स्थापनाकालदेखि नै त्यहाँ कार्यरत अग्रवाल हाल शिवम् सिमेन्टका भि.पि (सेल्स एण्ड मार्केटिङ) हुन्।
ब्राण्डम्यान इन्डिया पिआर एण्ड प्रमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ।
यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरु प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको छ।
ब्राण्डम्यान इन्डिया पीआर एण्ड प्रमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसकोसमग्र क्षेत्रको मुल्यांकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुयाएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ।
नेपालमा केही गरौं भन्ने युवा उद्यमी यसरी अन्तर्राष्ट्रिय स्तरको अवार्डबाट सम्मानित हुँदा युवा उद्यमीको हौसला बढ्ने ट्याक्सीमाण्डूका संस्थापन एवं एक कार्यकारी निर्देशक अर्जुन केसी बताउँछन्।

प्रतिक्रिया