सुडानमा नेपाली शान्ति सेनामाथि गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
सुडानमा नेपाली शान्ति सेनामाथि गोली प्रहार

सारांश

  • काठमाडौं, ३१ भदौ ।
  • दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।
  • गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्ति सेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए ।

काठमाडौं, ३१ भदौ । दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् । गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्ति सेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए । उनले चलाएको गोली लागेर एकजना नेपाली सेना जवान घाइते भएका सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार खुट्टामा गोली लागेका सैनिकको अवस्था भने खतरामुक्त रहेको छ ।

संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि डेभिड सियररले विज्ञप्ति जारी गरी यो घटनाको निन्दा गरेका छन् । “संयुक्त राष्ट्रसंघको शान्तिसेना दक्षिण सुडानमा शान्ति स्थापना गर्न आएका हुन्”, उनले भनेका छन्, “उनीहरुमाथिको आक्रमण स्वीकार्य हुँदैन । आक्रमणमा संलग्नमाथि सुडान सरकारले कारबाही चलाओस ।” आफ्ना सेना घाइते भए पनि नेपाली सेनाले संयमता अपनाएर जबाफी फायरिङ नगरेको बताइएको छ । शान्तिसेनाले सर्वसाधारणलाई बचाउन गोली नचलाएको सियररले दावी गरेका छन् ।

गोली लागेपछि नेपाली शान्ति सैनिकलाई त्यहीँबाट एयरलिफ्ट गरेर उपचारका लागि राजधानी जुबा लगिएको बताइएको छ । सुडानबाट टुक्रिएर बनेको दक्षिण सुडान अहिले आन्तरिक द्वन्द्वमा फसेको छ । हिंसाका कारण दक्षिण सुडानका ४० लाख भन्दा धेरै जनता विस्थापित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?