विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी

सारांश

  • काठमाडौं।
  • भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ।
  • जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो।

काठमाडौं। भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ। जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो।

जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे।

यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यससँगै भारत दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?