बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो
सारांश
- बनियानी, झापा, १२ कात्तिक बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ ।
- इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिनुभयो ।
- प्रजिअ तिवारीले भन्नुभयो, “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।
बनियानी, झापा, १२ कात्तिक बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिनुभयो । प्रजिअ तिवारीले भन्नुभयो, “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।”
शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो ।
त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।
टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो । उहाँले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।
“अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।”
–––
प्रतिक्रिया