एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
एकअर्काको लागि ज्यानै दिने बादल गृहमन्त्री भएलगत्तै विप्लवलाई पक्राउ पुर्जी

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • भनिन्छ, बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छ रे ।
  • जनयुद्धताका रामबहादुर थापा “बादल”का लागि ज्यानै दिन तयार हुन्थे नेत्रविक्रम चन्द “विप्लव” ।

काठमाडौं, १६ फागुन । भनिन्छ, बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छ रे । जनयुद्धताका रामबहादुर थापा “बादल”का लागि ज्यानै दिन तयार हुन्थे नेत्रविक्रम चन्द “विप्लव” । त्यस्तै, नेत्रविक्रम चन्द “विप्लव”का लागि उत्तिकै ज्यान दिन तयार हुन्थे, रामबहादुर थापा “बादल” । विडम्बना ! माओवादी शान्तिप्रक्रियामा आएको १२ वर्षको अन्तरालमा परिस्थितिले यी दुईलाई विपरीत ध्रुवमा उभ्याएको छ ।

२०७४ फागुन १४ गते उनै रामबहादुर थापा “बादल” गृहमन्त्री बनेका छन् । लगत्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव”लाई ज्यान मार्ने तथा बिष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न सरकारले पुर्जी जारी गरेको छ । के बादल र विप्लवको जीवनमा बगेको खोला फर्केकै हो ? प्रश्न उठेका छन् ।

नेकपाका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका– ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरिएको नेकपाले जनाएको छ । महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न उक्त पुर्जी टाँस गरिएको विप्लव कार्यकर्ताहरुको दावी छ ।

पुर्जीसँगै टाँसिएको अर्को पत्रमा नेकपाका महासचिव विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ । यदि २ वर्षसम्म गिरफ्तारी नदिएमा रोक्का सम्पूर्ण अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु जिल्लाको वडा प्रहरी कार्यालयलाई पत्र लेखेको थियो । तर, रामबहादुर थापा “बादल” गृहमन्त्री भएको पर्सीपल्ट पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई बादल गृहमन्त्री भएको घटनासँग पनि जोड्न थालेको पाइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Adhikari

    Good he is showing bad activities

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?