इजरायल-हमास सहमतिको संकेत !
सारांश
- काठमाडौं।
- अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले गाजाबाट बन्धकहरूलाई रिहा गर्ने शर्तमा आक्रमण रोक्ने सम्झौतामा चाँडै सहमति हुनसक्ने संकेत गरेका छन्।
- तर ह्वाइट हाउसले गाजामा बन्दीहरूलाई सुरक्षित रिहाइको लागि वार्ता अघि बढाएको बताए पनि टुंगो भने नलागेको समाचारमा उल्लेख छ ।
काठमाडौं।अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले गाजाबाट बन्धकहरूलाई रिहा गर्ने शर्तमा आक्रमण रोक्ने सम्झौतामा चाँडै सहमति हुनसक्ने संकेत गरेका छन्।
तर ह्वाइट हाउसले गाजामा बन्दीहरूलाई सुरक्षित रिहाइको लागि वार्ता अघि बढाएको बताए पनि टुंगो भने नलागेको समाचारमा उल्लेख छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका प्रमुखले हमाससंग भेट गर्ने तय भएपछि सम्झौताको आशा भने बढाएको छ ।
आईसीआरसीले अघिल्लो सम्झौताहरू सहज बनाउन मद्दत गरेको छ । गाजाको घेराबन्दीमा रहेको अल-शिफा अस्पतालबाट २८ जना समयपूर्व जन्मिएका शिशुहरूलाई इजिप्ट प्रवेश गराईएको र १२ जनालाई थप उपचारका लागि कायरो लगिएको समाचार छ ।
यसअघि गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको थियो । इजरायलले भने अस्पतालतर्फ प्रहार नगरेको जनाएको छ ।
गाजामा इजरायलले हमासविरुद्धको अभियान सुरु गरेदेखि १३ हजार ३ सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अक्टोबर ७ मा हमासका लडाकुहरूले गरेको आक्रमणमा १ हजार २ सय इजरायलीहरूको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई बन्धक बनाएको छ । बन्धक बनाएका मध्ये केहीको शव प्राप्त भएको छ ।
प्रतिक्रिया