सुनको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुनको मूल्य घट्यो

सारांश

  • काठमाडौँ, १२ मङ्सिर , नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ ।
  • मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
  • अघिल्लो दिनको तुलनामा आज रु ४०० ले घटेको हो ।

काठमाडौँ, १२ मङ्सिर , नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज रु ४०० ले घटेको हो । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घका उपाध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

तेजावी सुन प्रतितोला रु ५७ हजार ३ ०० मा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार एक ३० कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने रु पाँचले घटेको छ । अघिल्लो दिन ७०५ मा कारोवार भएको चाँदी आज ७०० मा कारोवार भएको छ । महासङ्घले १० ग्राम चाँदीको मूल्य रु ६०० कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?