हात्तीको दाह्रा र कस्तुरीको बीनासहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हात्तीको दाह्रा र कस्तुरीको बीनासहित पक्राउ

सारांश

  • काठमाडौं ।
  • प्रहरीले कस्तुरी र हात्तीको दाह्रासहित पक्राउ गरेको छ ।
  • काठमाडौं सामाखुशीबाट करिब २ सय २९ ग्राम संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित ४ जनालाई पक्रेको छ ।

काठमाडौं । प्रहरीले कस्तुरी र हात्तीको दाह्रासहित पक्राउ गरेको छ । काठमाडौं सामाखुशीबाट करिब २ सय २९ ग्राम संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित ४ जनालाई पक्रेको छ ।

धादिङ थाक्रेका २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौतीका ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनीका ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरीका ३१ वर्षीय फर्सुराम राई पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले हात्तीको दाह्रासहित फेला पारेको थियो ।

त्यसैगरी ब्यूरोबाट खटिएको प्रहरीले गोंगबु बसपार्कबाट संरक्षित वन्यजन्तु कस्तुरीको बीना करिब २५ ग्राम सहित काठमाडौं गोकर्णेश्वर बस्ने बागलुङ ढोरपाटनका ४० वर्षीय खिमबहादुर घर्ति मगरलाई पक्रेको छ । पक्राउ परेकालाई डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?