एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?

सारांश

  • अस्बिन खड्का उदयपुर, २९ बैशाख ।
  • प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बेलुन उडाएका छन् ।
  • उनले थरुहट रङ्गशालामा शुरु भएको “रमपम उदयपुर गोल्डकप”को उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बेलुन उडाएका हुन् ।

अस्बिन खड्का

उदयपुर, २९ बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बेलुन उडाएका छन् । उनले थरुहट रङ्गशालामा शुरु भएको “रमपम उदयपुर गोल्डकप”को उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बेलुन उडाएका हुन् ।

मुख्यमन्त्री राईले बेलुन उडाएर उद्घाटन गरेपछि उद्घाटन खेल सुरु भएको थियो । उदघाटन खेल झापा ११ र साविकको विजेता रुपन्देही ११ बीच भएको थियो । खेलमा झापा ११ का कर्ण लिम्बुले पुष्प मादेनको क्रसमा ७३ औ मिनेटमा गोल गरेका थिए । यही १ गोल नै निर्णायक बनेको थियो ।

खेलमा दुबै टीमबाट नै थुप्रै आक्रमणको मौका पाएपनि गोल हुन सकेको थिएन । कतैबाट अन्य गोल हुन नसकेपछि झापा ११ ले खेल जितेको थियो । खेलको म्यान अफ द म्याचको उपाधि झापा ११ का जर्सी नं २० का छिरिङ गुरुङले प्राप्त गरेका थिए । उनले रु. ७ हजार नगद पाएका थिए । भोलिको खेल मनाङ मस्र्याङ्दी र आयोजक उदयपुर ११ बीच हुनेछ ।

उदघाटन सत्रमा जिल्लामा रहेका प्रतिनिधिसभाका सदस्य, प्रदेश सांसदहरु, सबै नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका प्रमुख तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरु सबैको उपस्थिति रहेको थियो । उदघाटनको लागि हालै निर्वाचित एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?