स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०८०
|
|
२७ पटक हेरिएको
Shares
स्पोर्टिङ इलामलाई पराजित गर्दै काठमाडौं रेजर्सको विजयी सुरुवात

सारांश

  • काठमाडौं ।
  • साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
  • दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौंले नवप्रवेशी स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराउँदै प्रतियोगिताको विजयी सुरुवात गरेको हो ।

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौंले नवप्रवेशी स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराउँदै प्रतियोगिताको विजयी सुरुवात गरेको हो ।

काठमाडौंको जितमा राजीव लोप्चनले खेलको ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा बेन्चबाट मैदान छिदै राजीवले काठमाडौंका लागि विजयी गोल गरे ।

प्रतियोगिताको दोस्रो दिन शनिबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी तथा पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?