लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित

सारांश

  • काठमाडौं ।
  • लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् ।
  • प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं । लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ ।

तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगाएको छ ।

“तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन्”, डा अवस्थीले भने “यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो ।”‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया सङ्क्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए ।

कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट सङ्क्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्याङ्क छ । यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन् ।

सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्याङ्क छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए । “मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ”, उनले भने । औषधि र खोप अभाव भएको पन्तले बताए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
छिनभरको रिसले घट्छ घटना,  ४२ महिनामा यति धेरै हत्या
छिनभरको रिसले घट्छ घटना, ४२ महिनामा यति धेरै हत्या
प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप – राष्ट्रपति
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई