अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
सारांश
- काठमाडौं ।
- रुकुमको सिस्नेबाट अस्पताल हिडेका एक महिला र उनका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् ।
- सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका छोरा एटियम जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
काठमाडौं । रुकुमको सिस्नेबाट अस्पताल हिडेका एक महिला र उनका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका छोरा एटियम जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केकी रेनुका घरदेखि तीन किलोमिटर टाढाको उदिनढुंगा जंगलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेकी हुन । प्रहरीका अनुसार दाउरा काट्न जंगल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई शनिबार खबर गरेका थिए ।
आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको प्रहरीको भनाइ छ । शव परीक्षण, थप अनुसन्धानपछि अन्य कुरा खुल्ने प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताएका छन् ।
प्रतिक्रिया