कमल थापाको जीतको श्रृंखला जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कमल थापाको जीतको श्रृंखला जारी

सारांश

  • नेपाली उमेर समूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जीतको श्रृंखला दोहोर्याएका छन्।
  • पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।
  • पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले पनि व्यक्तिगत जित निकाल्ने क्रममा भारतीय खेलाडीलाई सोझो सेटमा पन्छाए।

नेपाली उमेर समूहका शीर्ष वरीयताका कमल थापाले नेपाली खेलाडी करिमुल्लाह मुस्लिमलाई सोझो सेटमा पराजित गर्दै जीतको श्रृंखला दोहोर्याएका छन्। पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार ५५ वर्षमाथिको उमेरसमूहमा थापाले मुस्लिमलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे।

पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले पनि व्यक्तिगत जित निकाल्ने क्रममा भारतीय खेलाडीलाई सोझो सेटमा पन्छाए। तुलाचनले सोही उमेरसमूहको प्रतिस्पर्धामा भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–०, ६–० ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखे।

५५ वर्षमाथिकै अर्को प्रतिस्पर्धामा भारतीय खेलाडी सञ्जय कुमारले पोखरेली खेलाडी समीर तुलाचनलाई ६–१, ६–४ को सेटले पराजित गर्दै अगाडि बढे । शेरचनको यो दोस्रो हार हो। उत्तमकुमार शेर्पा व्यक्तिगत दोस्रो जित निकाल्ने क्रममा छाम्बा ढुन्डुपमाथि हाबी रहे। ढुन्डुपको चुनौती पन्छाउने क्रममा शेर्पाले ६–२, ६–१ को नतिजा निकाले।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआइसी एसिया बैंकको मुख्य प्रायोजनमा सञ्चालित आइटिएफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिपअन्तर्गत ४५ वर्षमाथिको उमेरसमूहमा गोपी भट्टराईले विकास गुरुङलाई ६–२ र टाइब्रेकमा ७–६(३)को सेटले पराजित गरेका छन्।

त्यसै गरी विमलकुमार गुरुङले धरमबहादुर लामिछानेमाथि जित निकाल्ने क्रममा पहिलो सेट ७–५ ले जित्दै आत्मविश्वासी बन्दा दोस्रो सेटमा ६–१ को नतिजा निकाले।

३५ वर्षमाथिको उमेरसमूहको प्रतिस्पर्धामा विकास गुरुङले गीताराज शर्मा चालिसेलाई ६–१, ६–१ को सोझो सेटले पराजित गरेको प्रतियोगिता संयोजक प्रीति बरालले जानकारी दिइन्। दोस्रो खेलमा सञ्जयप्रकाश श्रेष्ठले भारतीय स्वर्णेश चतुर्वेदीलाई ६–२,६–३ को सेटमा पराजित गरेका थिए।

४५ वर्षमाथि युगलतर्फ धरमबहादुर लामिछाने र गोपी भट्टराईको जोडीले पोखरेली खेलाडीद्वय लोकबहादुर गुरुङ र कुलबहादुर तामाङ (दोर्जे) लाई ६–३, ६–४ को सेटले पराजित गरेको थियो। पहिलो सेटमा ०–३ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै लामिछाने र भट्टराईको जोडीले उत्कृष्ट कमब्याक गर्दै जित आत्मसात् गरेको थियो।

३५ वर्षमाथिको उमेरसमूहमा केवल १० ले मात्रै प्रतिस्पर्धा गरेका छन्। ४५ वर्षमाथिको उमेरसमूहमा २२ जना भिडिरहेका छन्। ५५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने २० जना छन्।

३५ वर्षमाथिको प्रतिस्पर्धामा ४५ वर्षमा २ र ५५ वर्षमाथिको उमेरसमूहमा ५ गरी १० भारतीय खेलाडीले प्रतिस्पर्धा गरिरहेको संयोजक बरालले बताइन्। फाइनल आज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
तनहुँ–१ मा रास्वपाले कटायो १९ हजार मत, अरुको कति ?
तनहुँ–१ मा रास्वपाले कटायो १९ हजार मत, अरुको कति ?
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
पूर्व प्रहरीप्रमुख ओमबिक्रम राणा र हेम गुरुङ जेल चलान !
पूर्व प्रहरीप्रमुख ओमबिक्रम राणा र हेम गुरुङ जेल चलान !
बालकोटमा एमाले स्थायी समिति बैठक
बालकोटमा एमाले स्थायी समिति बैठक
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद

तपाईंले छुटाउनुभयो कि?