लागूऔषधसहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
लागूऔषधसहित ४ जना पक्राउ

सारांश

  • काठमाडाै‌ं ।
  • बाँके र सुर्खेतबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।
  •  बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाै‌ं । बाँके र सुर्खेतबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय  मिलिग्रामसहित सोही उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने कालिकोट रानीत्रिवेणी गाउँपालिका-५ घर भएका ३० वर्षीय विश्वराज बम समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?