डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
डा. बाबुराम भट्टराईले भने : वैकल्पिक राजनीति आवश्यक छ

सारांश

  • काठमाडौं।
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् ।
  • उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन–२०७९ मा सम्बोधन गर्दै डा भट्टराईले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिबेलासम्म देश विकास पनि नहुने तर्क गरे । “जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ ।” उनले भने, “जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी शहीद बने । सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु । नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो । नेपाली जनताले लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेको थियो, दोस्रो चरण त्यसलाई मानिन्छ ।”

डा भट्टराईले जनतालाई अधिकार सम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए । उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्ने बताए ।

उनले संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताए । डा भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने प्र्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको बताए ।

नेकपा ९एकीकृत समाजवादी० पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भएमा अर्थतन्त्र त्यहा आइपुग्ने खालका समस्याले दुःख दिएको बताए । उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले देशलाई माया गर्ने पाँच प्रतिशत जनता एक ठाउँमा बसेर नयाँ ढङ्गबाट देशलाई अगाडि बढाउनुपर्ने बताए । उनले आफू राजनीतिभन्दा पनि समाजसेवा गर्न अघि बढेको भन्दै मौका नपाएर इमान्दार बन्नेहरुको ख्याल गर्दै समय र युवा पुस्ताअनुसार हामी परिवर्तन हुनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
मानवीय त्रुटीले विमान दुर्घटना
मानवीय त्रुटीले विमान दुर्घटना
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून

तपाईंले छुटाउनुभयो कि?