नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०८०
|
|
३३ पटक हेरिएको
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
  • आज उच्च अदालतका न्यायाधीश  कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज उच्च अदालतका न्यायाधीश  कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश कोइरालाले यसअघि १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गर्दै खाणलाई धरौटीमा छोड्न आदेश दिएका छन् । पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मंसिरमा उच्च अदालतको संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो ।

त्यसपछि यसको छिनोफानो तेस्रो न्यायाधीशको इजालसमा गर्ने निर्णयअनुसार बिहीबार अन्तिम सुनुवाइ भएको हो । १५ मंसिरमा न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए। त्यही आदेशलाई कोइरालाको इजलासले पनि सदर गरिदिएको हो ।

उक्त मुद्धामा सुक्ष्म तवरबाट अध्ययन गर्दै आएका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अदालतको आदेश सकारात्मक आएको बताए । हाललाई धरौटीमा छोडिए पनि यो नै अन्तिम आदेश नभएको र धरौटीमा बाहिर राखेर पनि पुर्पक्ष हुने भएकोले अदालतको आदेशलाई सकारात्मक मान्नु पर्ने उनको भनाइ छ ।

अन्तिम फैसला आउने बेला सम्ममा दोषी ठहरिए कानूनी सजायबाट उन्मुक्ति नपाउने र दोषी ठहर नभएमा सफाइ दिने विद्यमान कानूनी व्यवस्था भएकोले उच्च अदालतको आदेशको सम्मान गर्नु पर्ने उनले बताए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
प्रदेश ५ को प्रदेशसभा बैठक आज
प्रदेश ५ को प्रदेशसभा बैठक आज
मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट विनियोजन
मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट विनियोजन
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
प्रदेश सांसद लामिछानेलाई मष्तिस्कघात, स्वास्थ्य अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?