आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति

सारांश

  • काठमाडौं ।
  • विभिन्न माग राखेर आन्दोलित शिक्षक र सरकारबीच सहमति भएको छ ।
  • आज भएको दुवै पक्षको वार्ताका क्रममा सातबुँदे सहमति भएको हो ।

काठमाडौं । विभिन्न माग राखेर आन्दोलित शिक्षक र सरकारबीच सहमति भएको छ । आज भएको दुवै पक्षको वार्ताका क्रममा सातबुँदे सहमति भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएको जानकारीअनुसार सहमतिपत्र तयार पारिएको छ ।

सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। उक्त वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन् ।

‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ ।’

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका थिए ।

शिक्षकका समायोजन, बढुवा, तहगत प्रणालीलगायत विषयमा नेपाल शिक्षक महासंघ र विज्ञहरू सम्मिलित अध्ययन समिति बनाउने सहमति पनि भएको छ । उक्त समितिले दिने प्रतिवेदनअनुसार आवश्यक कानुनी व्यवस्था गर्न सरकार र आन्दोलनरत शिक्षकहरू सहमत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको छालासहित दुई पक्राउ
बाघको छालासहित दुई पक्राउ
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म (विज्ञापनसहित)
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनाको ‘धेरै पुरुषसँगको सम्बन्ध’, अहिलेसम्म तीन विवाह
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
एकता महाधिवेशनको तयारीमा फोरम नेपाल
एकता महाधिवेशनको तयारीमा फोरम नेपाल
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा