प्रदेश सांसद लामिछानेलाई मष्तिस्कघात, स्वास्थ्य अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, ३१ वैशाख- प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
  • रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्केका लामिछानेलाई आइतबार मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको हो ।
  • चाँगुनारायण तेलकोटका लामिछानेलाई आइतबार अचानक ब्रेन ह्यामरेज देखिएको एमाले भक्तपुरका सदस्य निरञ्जन बजगाईंले जानकारी दिए ।

भक्तपुर, ३१ वैशाख- प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्केका लामिछानेलाई आइतबार मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको हो ।

चाँगुनारायण तेलकोटका लामिछानेलाई आइतबार अचानक ब्रेन ह्यामरेज देखिएको एमाले भक्तपुरका सदस्य निरञ्जन बजगाईंले जानकारी दिए । एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लामिछानेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अवस्था स्थिर रहेको बताएका छन् ।

लामिछानेको स्वास्थ्य अवस्था बुझ्न एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेता अस्पताल पुगेर उहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?