नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

सारांश

  • काठमाडौं।
  • प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।
  • संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताए।

काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।

संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताए। “संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ”, शुभकामना सन्देशमा उल्लेख छ, “राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ।”

आजको दिन नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ।

“संविधानका प्रावधान र अन्तर्निहित भावनालाई सामाजिक यथार्थतासँग जोड्ने वा सदृश्य बनाउने काम राज्यका निकायहरूको हो”, शुभकामना सन्देशमा भनिएको छ। प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका संवेदनशील रहेको बताएका छन्।

“यस विशेष अवसरमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता रहेको स्पष्ट गर्न चाहन्छु”, सन्देशमा उल्लेख छ। न्यायपालिकाले गरेको सुधारप्रति विश्वस्त हुन र सो कार्यमा आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनसमेत सम्बद्ध सबैमा प्रधानन्यायाधीश श्रेष्ठले अपिल गरेका छन्।

“संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको छ, संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ”, सन्देशमा भनिएको छ, “राज्यका सबै निकायहरूको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा नै कार्यान्वयन हुनसक्छ भन्ने मेरो विश्वास रहेको छ।”

वास्तवमा आजको दिन नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया र संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको सन्देशमा उल्लेख छ।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
गाईघाटमा चार युवा लागूऔषधसहित पक्राउ
इन्टरपोलका अध्यक्षले दिए राजीनामा !
इन्टरपोलका अध्यक्षले दिए राजीनामा !
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु
गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी
सरकारलाई सांसदहरुको प्रश्न: एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए ?
सरकारलाई सांसदहरुको प्रश्न: एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए ?
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

तपाईंले छुटाउनुभयो कि?