आज घट्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
- कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य कारोबार साताको चौथो दिन बुधबार भने तोलामा २०० रुपैयाँले घटेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य कारोबार साताको चौथो दिन बुधबार भने तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया