सुनको मूल्य आज पनि घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सुनको मूल्य आज पनि घट्यो

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको चौथो दिन बुधबार घटेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको चौथो दिन बुधबार घटेको सुनको मूल्य आज कारोबार साताको पाँचौं दिन बिहीबार तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?