युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत

सारांश

  • १९ कार्तिक, भक्तपुर , पुर्व मन्त्री एबं युवा संघका पुर्व अध्यक्ष महेश बस्नेतले यो निर्वाचानवाट संसदमा जाने युवाहरूको खास प्रतिनिधि आफू भएको दाबी गर्नु भएको छ।
  • हामीले लामो संघर्षबाट संबिधानमा मौलिकहकको रुपमा शिक्षा,स्वास्थ,रोजगारी र खाद्य सम्प्रभुतालाई समाबेश गराउन सफल भएका छौ।
  • तर आबास्यक कानुन बनेपछि मात्रै लागू हुने प्राबधानका कारणले पनि उचित कानुन बनाउन र श्रोत साधनको ब्यबस्था गर्न हामी जस्ता युवाहरुको सदनमा प्रतिनिधित्व आवास्यक छ।

१९ कार्तिक, भक्तपुर , पुर्व मन्त्री एबं युवा संघका पुर्व अध्यक्ष महेश बस्नेतले यो निर्वाचानवाट संसदमा जाने युवाहरूको खास प्रतिनिधि आफू भएको दाबी गर्नु भएको छ। हामीले लामो संघर्षबाट संबिधानमा मौलिकहकको रुपमा शिक्षा,स्वास्थ,रोजगारी र खाद्य सम्प्रभुतालाई समाबेश गराउन सफल भएका छौ।

तर आबास्यक कानुन बनेपछि मात्रै लागू हुने प्राबधानका कारणले पनि उचित कानुन बनाउन र श्रोत साधनको ब्यबस्था गर्न हामी जस्ता युवाहरुको सदनमा प्रतिनिधित्व आवास्यक छ। तेस्तै के पी ओलीको नेतृत्वमा रहेको एमाले सरकारले घोषणा गरेको सर्टिफिकेट धितो राखेर लोन दिने ब्यबस्था लागु गर्न, युवा संघले उठाउदै आएको युवा रोजगार बैंकको ब्यबस्था गर्न, कि रोजगार कि बेरोजगार भत्ता प्रधान गर्न, युव संसद, १६ बर्ष उमेरपुगेका युवाहरुलाई मताधिकारको प्रयोग गराउन, बिदेशमा रहेका २२ लाख युवाहरुलाई ई -भोटिङ्को माध्यमबाट मतदान गर्ने बाताबरण बनाउन, बिदेशबाट युवाहरुले पठाएको ८ खरर्व रेमिटेन्सलाई उत्पादन र औधोगिक काममा प्रयोग गराउन सदनमा युवाहरुको व्यापक उपस्थिति गराउन आबास्यक छ।

साथै उनले आफ्नो जीवनको उर्जावान समय युवा आन्दोलनमा बितेको र छ बर्ष निरन्तर युवा संघको र युथ फोर्सको नेतृत्व गरेकोले पनि आफुले युवाहरुको भावना अनुरुप सदनमा कुरा उठाउने, युवाका मागहरु सरकारबाट कार्यान्वयन गराउन भुमिका खेल्न सक्ने कुरामा जोड दिदै युवाहरुलाई निर्वाचनको अभियानमा लाग्न आग्रह गर्नुभयो।

युवा संघ नेपाल र अनेरास्ववियुले सयुक्त रुपमा आयोजना गरेको चुनावी भेलामा बस्नेत लगाएत एमले बैकल्पिक सदस्य सोम मिस्र, प्रदेश सभा २(क) का उम्मेदवार शसीजगं थापा, २(ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठ, युवा संघको सचिब वचन सिं, एमाले जिल्ला सचिब हरिशरण लामीछने युवा संघका उपत्यका अध्यक्ष दिपक थापा, जिल्ला अध्यक्ष दिपक दहाल लगाएतका बक्ताहरुले आआफ्नो धारणा राखेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?