प्रदेश १ को बजेटप्रति योजना आयोगकै असन्तुष्टि !
सारांश
- प्रदेश १ योजना आयोगका उपाध्यक्ष डा.
- पूर्ण लक्समले प्रदेशको बजेट स्वच्छ, सुखी र समुन्नत हुने खालको सन्तुलित नरहेको टिप्पणी गरेका छन् ।
- प्रदेश १ सरकारले स्वच्छ, सुखी र समुन्नत प्रदेशको कल्पना गरे पनि लोक्समले बजेट सन्तुलित नभएको हो कि भन्ने प्रश्न गरेका छन् ।
प्रदेश १ योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समले प्रदेशको बजेट स्वच्छ, सुखी र समुन्नत हुने खालको सन्तुलित नरहेको टिप्पणी गरेका छन् । प्रदेश १ सरकारले स्वच्छ, सुखी र समुन्नत प्रदेशको कल्पना गरे पनि लोक्समले बजेट सन्तुलित नभएको हो कि भन्ने प्रश्न गरेका छन् ।
मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश योजना आयोगको मध्यकालीन खर्च संरचना सार्वजनिक कार्यक्रममा लामो प्रस्तुति दिँदै डा. लोक्समले संविधानमा ‘समाजवाद उन्मुख’ भनेर वा पार्टीको दस्तावेजमा लेखेरमात्रै समाजवाद आउँछ कि आउँदैन भन्ने यक्ष प्रश्न उठेको बताए ।
‘हामीले सीमान्तकृतलाई सोच्यौं कि सोचेनौं ? जनता लक्षित कार्यक्रम ल्यायौं कि ल्याएनौं ? बजेटमा एक पक्षले वर्गलाई मात्रै हेर्ने, अर्को पक्षले समुदायलाई मात्रै हेर्ने गरेको देखियो । तर, समाजवाद उन्मुखको अर्थ यो दुवै पक्षलाई सन्तुलनमा राखेर बजेट ल्याउनु हो,’ उनले भने ।
प्रदेश १ को यसअघिका बजेटमात्रै नभएर केन्द्रीय सरकारको बजेट पनि सन्तुलित खालको नभएको उनले टिप्पणी गरे । ‘बजेट अलिकति असन्तुलित जस्तो देखिन्छ । समुन्नतिमा ६६.४९ प्रतिशत, स्वच्छतामा १४ प्रतिशत र सुखीमा १८ प्रतिशत बजेट छुट्याइएको छ । यसले प्रदेशको सन्तुलित विकास हुँदैन कि जस्तो लाग्छ,’ प्रदेशको बजेटतर्फ लक्षित गर्दै उनले भने, ‘आयात प्रतिस्थापनको कुरा जहिल्यै पनि गरिरहेका छौं । यो गीत, कविता र कथा लेख्दै पनि आएका छौं । तर, हाम्रो मोजादेखि टोपीसम्म आयातित वस्तु प्रयोग गरिरहेका छौं । खाने कुरा पनि आयातित नै छ ।’
प्रतिक्रिया