आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
५० पटक हेरिएको
Shares
आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

सारांश

  • काठमाडौँ ।
  • कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् ।
  • उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ ।

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्छन् । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ ।

गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उनले बताए । “सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ”, कृषक चौधरीले भने, “तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ ।”

गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उनले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताए । “प्रविधि राम्रो छ तर एक जनाले मात्र काम गर्नु सम्भव देखिँदैन,” कृषक चौधरीले भने, “त्यसका लागि समूहगतरुपमा काम गर्नु आवश्यक देखिन्छ । ट्र्याक्टरसँगै सिडड्रिल आश्यक पर्ने हुँदा साना किसानहरूको एकल लगानी भने असम्भव हुन्छ ।”

जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताए । जिरो टिलेज (बिना खनजोत) बाट गरिएको गहुँ खेतीले आफूहरूलाई धेरै सहज भएको उनको भनाइ थियो । “पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाइएको छ”, सानुरामले भने, “गहुँको बोट हेर्दा फसल राम्रो हुने देखिन्छ ।”

“बाइस कट्ठा जमिनमा पहिलो पटक टिलेज प्रविधिबाट गहुँ खेती गरिएको छ”, उनले भने, “सामान्य तरिकाले गरिने गहुँ खेतीभन्दा यस प्रविधिबाट गरिने खेतीमा आधाभन्दा पनि कम लागत लागेको छ ।” उपकरण महँगो भएको हुँदा एकल लगानी असम्भव भएको उनले बताए । ट्र्याक्टर र सिडड्रिल गरी रु २० लाखभन्दा बढी लाग्ने हुँदा समूहगतरुपमा काम गर्नुपर्नेमा सानुरामले पनि जोड दिए ।

थोरै श्रमशक्तिमा धेरै आम्दानी गर्न सकिने भएकाले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग गर्नुपर्नेमा अर्का किसान अजित चौधरीले बताए। “थोरै श्रमशक्तिमा धेरै आम्दानी त छँदैछ किसानलाई झन्झट पनि कम हुन्छ”, उनले भने, “दस दिन लगाएर गरिने गहुँ खेती एक घण्टामै सकिन्छ । ८० प्रतिशत श्रमशक्ति पनि बचत हुन्छ ।”

खेतबारी जोत्न सजिलो मात्र नभई छिटो पनि हुने भएकाले कृषि क्षेत्रमा उपकरणको प्रयोगमा यहाँका किसान आकर्षित भएका हुन् ।
जिल्लाको सबैभन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनीका रूपमा झण्डै तीन बिघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शाखाप्रमुख गोविन्दराज जोशीले बताउ । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन राम्रो हुने उनको भनाइ थियो ।

“यस प्रविधिबाट सिडड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नुपर्छ। उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाँज राम्रो आउँछ”, शाखाप्रमुख जोशीले भने ।

छरुवा प्रविधिमा गरिएको खेतीमा बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या हुन्छ तर यस प्रविधिबाट त्यो समस्या नहुने उनले बताए । हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने र झारपात तथा रोग कीराको प्रकोपसमेत बढी नहुने शाखाप्रमुख जोशीको भनाइ थियो । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँ खेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो
राष्ट्रियसभा र यसअन्तर्गतका समितिलाई ओझेलमा पारिएको गुनासो
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘
बाबुरामले पृथ्वीनारायण शाहलाई उखु चोर्न वाध्य पर्नाको आत्मा भनेपछि‘
प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह
युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
निर्मला पन्त हत्या प्रकरण:  प्रहरी अनुसन्धानमा गल्ती !
निर्मला पन्त हत्या प्रकरण: प्रहरी अनुसन्धानमा गल्ती !
नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग
विश्वकप फुटबल २०१८:  २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
विश्वकप फुटबल २०१८: २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा