यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
२७ पटक हेरिएको
Shares
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात

सारांश

  • काठमाडौंं।
  • आइसीसी यू-१९ विश्वकपमा भारतीय टोलीले विजयी सुरुवात गरेको थियो।
  • पहिलो खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको छ।

काठमाडौंं। आइसीसी यू-१९ विश्वकपमा भारतीय टोलीले विजयी सुरुवात गरेको थियो। पहिलो खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । जवाफमा बंगलादेश ४५.५ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटियो।

भारतका लागि आदर्श सिंहले सर्वाधिक ७६ रन बनाए। कप्तान उदय सहारनले ६४ रनको योगदान दिए। सचिन दासले २६ तथा प्रियांशु र अविनिशले २३–२३ रनको योगदान दिए।

बलिङतर्फ बंगलादेशका मारुफ मिट्टीले ५ विकेट लिए। मोहम्मद रिजवान र रहमान रेड्डीले समान १–१ विकेट लिए।

बंगलादेशका लागि मोहम्मद सिहाब जेम्सले सर्वाधिक ५४ रन बनाए। त्यस्तै अरिफुल इस्लामले ४१ रन बनाए। यी दुईबाहेक तीन ब्याट्सम्यानले मात्र दोहरो अंक छुन सके। शेख पेवेज जिबोन १५ रनमा अविजित रहे । त्यस्तै इशिकुर रहमान सिब्ली र जिशान आलमले समान १४–१४ रनको योगदान दिए।

भारतका लागि सौम्या पाण्डेले ४ विकेट लिए । मुशीर खानले २ विकेट लिए । त्यस्तै राज लिम्बानी, अर्शिन कुलकर्णी र प्रियांशु मोलियाले समान १–१ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?