बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • बाराको पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ।
  • बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिकसहितको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा शनिबार साँझ ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी हरि पालले जानकारी दिए।
  • शनिबार साँझ बाराको कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका छन्।

बाराको पथलैया नजिकै पिकनिक खाएर फर्किदै गरेको गाडी दुर्घटनामा पर्दा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृत्यु भएको छ।

बाराको निजगढस्थित हिरालाल पार्कको पिकनिकसहितको कार्यक्रम सकाएर फर्किरहेको अवस्थामा शनिबार साँझ ट्याक्टरको ट्रलीसँग ठोक्किएर दुर्घटना हुँदा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको २ नम्वर प्रदेश प्रहरी प्रमुख डीआइजी हरि पालले जानकारी दिए।

शनिबार साँझ बाराको कलैयाबाट निजगढ जाने क्रममा ना १ झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका छन्।

उनको टाउँकोमा चोट लागेको र रगत जमेको चिकित्सकहरूले जनाएको छ। वीरगन्जमा रहेका न्यूरो सर्जनको टोलीले तत्कालै उनको अप्रेसन गरेर टाउकोमा जमेको रगतलाई निकालिसकेका छन्। उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ।

दुर्घटनामा परेको सबैको उपचार वीरगंजस्थित वीरगंज हेल्थ केयरमा भइरहेको छ।

Sent from Gmail Mobile using iphone 6 plus !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?